• २०८० चैत्र ३० गते शुक्रवार

पवन गजुरेलको कविता ”प्रेम सम्बन्ध ”

पढ्न लाग्ने समय : १ मिनेट
  • पवन गजुरेल
मेरो जो हौ तिमी!
आज मेरो सामिप्यमा छौ।
सोँच्ने गर्थे मेरो को हौ तिमी?
तर आज मेरो साथ र जीवनमा छौ।
कोमल मेरो मन सामु
तिमी मायाको सागर बगाउँछौ
टुहुरा झै भई मैले हात थमाउदा
तिमी मेरा कलिला हात समाउछौ।
तिम्रा यादका मुहानहरु
जब पलाउन थाल्छन
अझ पलाउने इशाराहरु
तिमीमा एकाएक दुल्छन
बग्छन जब मेरा
अन्यायासै अश्रु धारा
भन्छौ तिमी मेरै साथमा रुदै
मैले गर्दा भयो तिम्रा सपना अधुरा
कहिले कतै टाडा
गयौ भने तिमी
बिहानी अनि साँझमा पनि
यी नयनिमा गर्छौ रिमिझिमी
साथमा मेरो नहुँदा तिमी
भन्छौ अरे उनी कहाँ रुदै होलिन
पलपल छटपटिदै तिमी
भन्छौ अरे मेरो अभाबमा ओइलिदै होलिन
आजसम्म सबले महामहा गर्छन
हाम्रो निस्वार्थ प्रेम प्रसङ्गलाई
एकै रथका दुई पाङ्ग्रा झै
दुबै ले स्विकार्छौँ हाम्रो प्रेम सम्बन्धलाई।।।।
प्रतिक्रिया दिनुहोस