• २०८१ असोज २० गते आइतवार

दाहाल-नेपाल समूहको बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ०७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।

बैठकमा केपी ओलीलाई हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेस भएको एक नेताले जनाए । यसअघि आजै बसेको प्रधानमन्त्री ओली पक्षधर बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ । बैठकले आउँदो वर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस