• २०८१ फाल्गुन ७ गते बुधवार

बादल फकाउन प्रचण्ड बिहानै मन्त्री क्वाटरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकाबिहानै मन्त्री क्वाटर पुल्चोक पुग्नु भएको छ । नेकपामा आएको विवादको समयमा आफ्नो खेमा परिर्वतन गर्नु भएका नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल) लाई भेट्न उहाँ मन्त्री क्वाटर पुल्चोक पुग्नु भएको श्रोतले जनाएको छ ।

नेकपा विवादका कारण प्रचण्ड माधव खेमाका ७ मन्त्रीले राजिनामा दिएपनि तत्कालिन माओवादी धारकै रहेका गृहमन्त्री थापा र उद्योग मन्त्री लेखराज भट्टले मन्त्रीपदबाट राजिनामा दिएका थिएनन । प्रचण्ड माधव खेमालाई छाडेर प्रधानमन्त्री तथा पाटी अध्यक्ष केपी शर्मा ओलीको साथ दिएका गृहमन्त्री थापालाई बिहानै भट्न आउनुलाई महत्वका साथ हेरीएको छ ।

प्रचण्ड माधब खेमाबाट सचिवालय, स्थायी कमिटी हदैं केन्द्रिय कमिटीमा लगेर पाटी अध्यक्ष ओलीलाई अनशासनको कारवाही गर्ने योजना चलिरहँदा एउटा शक्ती बादल पनि भएकाले उहाँलाई आफ्नो कित्तामा ल्याउन प्रचण्डको योजना रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस