• २०८१ असोज २० गते आइतवार

यस्तो माया पनि के माया

दिपा अधिकारी पढ्न लाग्ने समय : १ मिनेट

यस्तो माया पनि के माया साथ दिन्छु भन्नेले धोका दिएपछि ।
एक्लै नै त बाच्नु रैछ मेरो भन्नु कोहि न भए पछि ।।
आखिर के नै गल्ति थियो र मेरो तिमीलाई हद भन्दा बढी चाहे ।
तिम्रो ओठमा मुस्कान देख्न आफ्नो संसार लुटाए।। ४

सोचेकौ थिन तिमीले धात माथी धात गछौ भनेर ।
मेरो बिश्वासलाई धुजा धुजा पार्छौ भनेर ।।
के नै मागेर मैले मात्र चोखो माया ।
तो नि मेरो हैन रैछ दुइ दिनको घाम छाया ।।
अझै पनि लाग्छ माया संसारमा सबै भन्दा बढि ।
तै पनि बुझेनौ तिमीले गयौ मलाई एक्लै छोडी ।। १०

साउने झरी जस्तै भाछु बरबर आँखा भरि आशु ।
मर्न पाए साएद मर्थे होला पागल झै भएर कसरी हासु ।।
मिसाल थियो हाम्रो माया दुनियाको नजरमा ।
बिश्वास रहेन अब कसैलाई यो मायाको हकमा ।।
चाहिदैन मलाई धन सम्पति तिमी भए पुग्छ ।
गहिरो यो मायामा आधी हुरी न आए हुन्छ ।।
अव त बिन्ती भगवान यति इच्छा पुराइदेउ ।
बस उस्कै काखमा प्राण मेरो हरिदेउ ।। १८

न छोउन उसलाई दुखले न धोचोस काडाले पनि ।
उसको लागी सफलताको धार बनोस मेरो मरण पनि ।। २०

प्रतिक्रिया दिनुहोस