मंसिर ७, एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ ।