kकात्तिक ६, दाङ । घोराही उपमहानगरपालिका १३ वडा सदस्य केशव गिरीलाई कोरोना पोजेटिभ देखिएको छ । गत बिहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराहीमा स्वाव परिक्षण गर्दा वडा सदस्य सहित १३ नंम्वर वडाका थप ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित वडा सदस्य गिरी सहित ५ जना अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।स्थानीय एक व्यावसायिक अजय दर्लामीको घरमा गिरि होम आइसोलेसनको रुपमा बस्नु भएको छ। घर धनी दर्लामी पनि कोरोना पोजिटिभ हुन। सबै ५ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ । खबर24नेपाल डटकमसँग कुरा गर्दै वडा सदस्य गिरीले आफुहरुमा कोरोनाको पोजेटिभ देखिएता पनि कोरोनाको लक्ष्यण भने नरहेको बताउनु भयो ।
वडा सदस्य गिरीले भन्नू भयो विश्व नै कोरोना सँग जुदिरहेको वेला यसबाट आतिहाल्नु पर्ने अवस्था भने रहेको छैन । उहाँले कोरोना लाग्दैमा आत्तिनुहाल्नु पर्ने अवस्था भने नरहेको र यसबाट सतर्क हुन भने १३ नम्बर निवासी जनताहरुमा अनुरोध गर्नु भएको छ । कोरोनाले विश्व आक्रान्त पारिरहेको बखत नेपालीहरु महान चाड विजया दशमीको अवसरमा सम्पुर्णमा शुभकामना सन्देश दिदै यस अवसरमा आफू र आफ्नो परिवारलाई सुरक्षित रहन स्वास्थ्य सचेतनाका उपायहरू अपनाएर चाडपर्व मनाउन समेत आग्रह गर्नु भएको छ ।