• २०८२ बैशाख २९ गते सोमवार

ड्रग्सको मुद्दामा जोडियो दीपिकाको नाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, काठमाडौँ । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस