• २०८१ जेष्ठ ३१ गते बिहिवार

जि पि कोइराला अध्ययन केन्द्र र नेपाल विद्यार्थी संघले सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६, रुकुम पश्चिम । जि पि कोइराला अध्ययन केन्द्रको सहयोग र नेपाल विद्यार्थी संघ रुकुमको सहजिकरणमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल रुकुम पश्चिममा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

सजिक्ल मास्क १५०० थान र सेनिटाइजर ठुलो र सानो गरि २५ थान हात धुने डिटोल १२ थान प्रदान गरिएको हो । जि पि कोइराला अध्ययन केन्द्र रुकुम पश्चिमका अध्यक्ष नवराज अाेली र नेपाली काग्रेस रुकुमका कोषाध्यक्ष मोहबिर खड्का नेपाल विद्यार्थी सघं रुकुम पश्चिमका सभापति लाल बहादुर अाेली लगायतका युवाहरुले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारि कबिराज रोका र सशस्त्र प्रहरी बल रुकुम पश्चिमका प्रमुख डिएसपी प्रेमसिङ धामि लाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।

No description available.

सामग्री हस्तान्तरण गर्दै संख्या भन्दा यसको सन्देश महत्वपूर्ण रहेको बताएका छ्न । विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौति सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह हुने जि पि कोइराला अध्ययन केन्द्रले रुकुम पश्चिमले बताएको छ ।कार्यक्रममा नेपाल विद्यार्थी सघं रुकुम पश्चिमका सचिब तिलक डाँगी नेबिस रुकुमका उपाध्यक्ष भिम बहादुर खड्का नेबिस रुकुमका युवा नेता सोभिराम केसि लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस