• २०८१ पुष २९ गते सोमवार

नेकपा कार्यदलले अध्यक्षद्वय ओली-प्रचण्डलाई बुझायो प्रतिवेदन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले गठन गर्नुभएको ६ सदस्यीय कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा नेकपाभित्र देखिएको सवै बिवादको समाधानका लागि सुझाव दिइएको छ । अध्यक्षद्वयको कार्यबिभाजन गर्दै पार्टी र सरकार एकअर्काबीच समन्वय र सुझावका आधारमा अघि बढाउने ब्यवस्था कार्यदलको प्रतिवेदनले गरेको छ । कार्यदलले एकता महाधिवेशनअघि पार्टीले गर्नुपर्ने सवै कामसहितको रोडम्यापसमेत तय गरेको छ ।

अध्यक्षदेवय ओली र प्रचण्डले पार्टीभित्रको बिवाद समाधानका लागि सुझाव दिन साउन ३० गते महासचिव बिष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल संयोजक तथा स्थायी कमिटीका नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।

नेकपाभित्र पार्टी नै बिभाजनको षडयन्त्रसहित खेलहरु हन थालेपछि अध्यक्षद्वय ओली र प्रचण्डले आफुहरुबीच भएको सहमतिको परिभाषासहित बिवाद समाधानको सूत्र पहिल्याएर सुझाव दिन कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदल गठनसँगै नेकपाभित्र पार्टी बिभाजनको खेल रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस