• २०८१ माघ ११ गते शुक्रवार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, बारा । बाराको निजगढबाट २ नाल भरुवा बन्दुक र केही खजनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार राति निजगढ नगरपालिका वडा नम्बर–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङ्गतान र उनका छोरा ३३ वर्षीय जनकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट सिगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरी नेतृत्वको टोलीले लोड गरिएको भरुवा बन्दुक २ थान नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा ३५ थान, फलामको ७ थान सानो टुक्रा र शिशाको बोतलमा राखिएको अन्दाजी २ सय ५० मिलिलिटर बारुदसमेत बरामद गरिएको र थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस