भदौ ६, धनुषा। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित पीडारी चोकमा रहेको गोरधई पोखरीमा एक युवक शव बरामद भएको हो । मृतक सर्लाही घर भई हाल जनकपुरमै डेरा लिइ बस्दै आएका अन्दाजी २२ वर्षीय अविनाश कर्ण रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले मृतक युवक जनकपुरको एक विद्यालयमा अध्यापन पेशामा सङ्लग्न रहेको र केही महिनादेखि मानसिक सन्तुलन ठीक नभएकाले उनको उपचार समेत हुँदै आएको बताए ।