• २०८१ पुष २९ गते सोमवार

काठमाडौंमा संक्रमितको संख्या बढेपछि निःसंक्रमणको काम जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला काठमाडौं महानगरपालिकाले शहरका बिभिन्न स्थानमा निःसंक्रमणको काम जारी राखेको छ ।शनिबार बिहानै पनि ट्यांकरबाट औषधि छर्किएर निःसंक्रमण गरिएको छ । सडक, सडक किनारका संरचना र बोटबिरुवाहरुमा समेत औषधि छर्किइएको छ ।


काठमाडौं जिल्लामा मात्रै एक हजारभन्दा धेरै संक्रमित रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस