• २०८१ पुष २८ गते आइतवार

माहाकाली नगरपालिकामा सडक दुर्घटनामा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, कञ्चनपुर । कञ्चनपुरस्थित माहाकाली नगरपालिकामा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ् । माहाकाली नगरपालिका–६ मूल सडक खण्डमा मोटरसाईकल एक आपसमा ठोक्किँदा शुक्रबार माहाकाली नगरपालिका–१ बस्ने वर्ष १९ का सागर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिएका छन् ।युके ०६ ए एफ ८४२६ को भारतिय नम्वर प्लेटको मोटरसाईकल र युके ०६ ए ०६ ए ५८१२ एक आपसमा ठोक्किँदा माहाकाली नगरपालिका–१० बस्ने वर्ष २० का कुमार र माहाकाली नगरपालिका–१ का १९ वर्षको सागर बम शक्त घाईते भएका थिए ।


उपचारकै क्रममा सागर बमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए ।बिहीबार पनि माहाकाली नगरपालिका–३ मा मोटरसाइकल रुखमा ठोक्किँदा माहाकाली नगरपालिका–३ निवासी वर्ष वर्ष २२ का गगन सुनारको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस