• २०८१ जेष्ठ ३० गते बुधवार

पर्सामा कोरोनाबाट थप एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, वीरगञ्ज  । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा विहान ७स्१० बजे उनको मृत्यु भएको डा. दीपक कुशवाहाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस