• २०८१ असोज १९ गते शनिवार

चितवनमा थप ३३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, चितवन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।ती मध्ये ७ जना पुरुष र ९ जना महिला छन् ।


प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीका अनुसार जिल्ला बाहिरका नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जना र नेपालगञ्जका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस