• २०८१ माघ ८ गते मङ्गलवार

जिल्ला बाहिरकाले तिर्थ यात्रा गर्न नपाउने

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

साउन ०७, मुगु । जिल्लाको दुई स्थानमा रहेका तिर्थमा मुगु जिल्ला बाहिरबाट यात्रा गर्न नपाउने भएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोग गाउपालिकाको छायानाथ धाम र छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा पर्ने ऋणिमोक्क्ष तिर्थ स्थलमा श्रावण पुर्णिमामा मुगु जिल्ला लगायत कर्णालीका सबै जिल्लाबाट धार्मिक व्यक्ति जाने भए पनि यो वर्षका लागि जिल्ला भन्दा बाहिरबाट कसैलाई पनि जान नदिने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार धार्मिक पुर्णिमाको बेला देवी देवता मान्ने कर्णालीका सबै जिल्लाका धार्मिक श्रद्धालुहरु हरेक वर्षको साउने पुर्णिमाका बेला तिर्थ आउने भए पनि यो वर्षमा भने मुगु जिल्ला भित्रका स्थानीयवासी बाहेक अरु जिल्लाका धार्मिक श्रद्धालहरुले तिर्थ जान नपाउने भएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए । निरौलाका अनुसार विश्वभर फैलिएको कोभिड रोगका कारण जिल्लाका दुईवटा तिर्थ स्थलमा जिल्ला बाहिरका व्यक्ति जान नपाउने भएका हुन ।

यो वेला जिल्लाका सिमा क्षेत्रमा आवत जावतमा कडाई गरिने भएको छ । जिल्ला बाहिरका लागि तिर्थ यात्रा गर्न नदिने सम्बन्धित स्थानीय निकायलाई जिल्ला प्रशासनले परि पत्र गरेको छ भने जिल्लावासीहरुले पनि भिडभाड गरेर तिर्थ यात्रा नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस