श्रावण ७, स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृतिको अवसरमा राष्ट्रिय युवा संघ नेपाल स्याङ्जा जिल्ला कमिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई रक्तसंचार केन्द्र पोखराले प्राविधिक रुपमा सहयोग गरेको छ ।
रक्तदान कार्यक्रमलाई संघका जिल्ला सदस्य मनोज खड्काले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला कमिटी सदस्य अशोक शर्मा मरासिनीले गर्नु भएको थियो । मालपोत लाइनको सिटि हलमा बिहान सात बजे देखि भएको रक्तदान कार्यक्रममा १६५ जनाले रक्तदान गर्नु भएको थियो ।
रक्तदान मा नेताहरु सिमा कुमारी छेत्री, शैलेन्द्र घिमिरे, नारायण प्ररासिनी र सुर्य प्रसादले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य सीता कुमारी सुन्दास हुनुहुन्थ्यो । उहाँले पुष्पलालले नेपाली राजनीतिमा खेल्नु भएको भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रम लाई जिल्ला संयोजक थमन गुरुङले अध्यक्षता गर्नु भएको थियो भने धन्यवाद ज्ञापन जिल्ला सह-संयोजक पारस सेन राल्नु भएको थियो ।
लकडाउन को अवधीमा युवा संघ स्याङ्जाले विभिन्न गतिविधि संचालन गर्दै आएको छ ।