• २०८१ जेष्ठ १४ गते सोमवार

प्रहरी जवान प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ७, रुपन्देही । ५ नं. प्रदेश तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभुत तालिम ८-१०९, ८-१०९(क) र ८-१०९(ख) औँ समूहको संयुक्त दिक्षान्त समारोह ५ नं. प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरिक्षक रबिन्द्र बहादुर धानुकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको छ । २०७६ श्रावण२० गते देखि संचालित २३४ दिन कार्य अवधि रहेको प्रहरी जवानहरुलाई दिक्षान्त गरिएको हो ।

यस अवसरमा प्रमुख अतिथिबाट उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्नुका साथै प्रशिक्षणको दौरानमा आर्जन गरेका ज्ञान, सिप, कला र कौशललाई बदलिदो परिवेश तथा विभागीय नीतिलाई आत्मसाथ गरी निष्पक्ष, जवाफदेही एंव पारदर्शी रुपमा प्रहरी सेवा प्रवाह गर्न सकेमा मात्र प्रशिक्षणको उपादेयता पुरा हुने बताउनु भएको थियो । उहाँले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट सुरक्षित रही कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस