श्रावण ७ , काठमाडौं । काठमाडौं महानगरपालिका-०४ चुनदेवि बस्ने वर्ष ३० को शक्तिराज रेग्मीलाई अप’हरण परेको भन्ने नाटक गरेको अभि’योगमा प्रहरीले प’क्राउ गरेको छ । रेग्मी घरबाट निस्की सम्पर्क विहिन भई अप’हरणको नाटक गरी नयाँ बसपार्क स्थित सुगन्ध होटलमा केटीसँग बसेको अव’स्थामा साउन ६ गते फे’ला परेको प्रहरीले जनाएको छ ।
उनलाई पक्राउ पर्ने बित्तिक्कै मौखिक रुपमा बुझ्दा उनले बिभिन्न ब्यक्तीहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएको भन्ने बुझिन आएको तथा पैसा तिर्नु नपरोस भनि अप’हरणको नाटक गरेको बुझिएको छ । आफु अपह’रणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि काठमाडौं परिसर पठाईएको छ ।