• २०८१ पुष २९ गते सोमवार

सुरक्षा गार्ड सप्लाइमा अनियमितता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ७, काठमाडौं । नेपाल टेलिकमको सुरक्षा गार्ड सप्लाइमा अनियमितता भएको पाइएको छ । नेपाल टेलिकम काठमाडौं क्षेत्रिय निर्देशनालय सुन्धराले आफ्ना मातहतका कार्यालयका लागि भन्दै १८५ जना सुरक्षा गार्डका लागि सुरक्षा गार्ड सप्लाय गर्ने कम्पनीका नाममा ८ करोड ६२ लाख ४८ हजार ५ सय ७७ रुपैया ९७ पैसा बराबरको बोलपत्र आव्हान गरेको थियो । उक्त बोलपत्र अनुसार चार वटा कम्पनीले निबेदन दिएका थिए । निवेदन दिनेमा गुण सेक्युरिटी कम्पनी प्रा.ली, राइनो सेक्युरिटी सर्भिस प्रा. ली कान्तीपुर सेक्युरिटी कम्पनी लगायतले निवेदन दिएका थिए ।

ति चार मध्ये राइनोको सेक्युरिटी सर्भिसिस कम्पनीको नाम छनोट भएको भन्दै क्षेत्रीय क्षेत्रिय कार्यालय सुन्धराले गत वर्ष नै सुचना प्रकाशित गरेको थियो । सेटिङका आधारमा छनोट भएको भन्दै अख्तियारमा मुद्दा परेको छ । उक्त कम्पनी आ.व २०७३ देखि नै नविकरण समेत नभएपनि पनि खुल्न आएको छ । उक्त कम्पनीलाई नै जिम्मेवारी दिनुलाई सेटिङको आधारमा भएको भन्न सकिने आधार रहेको जानकारहरु बताउछन । बोलपत्र आब्हान गर्दा कार्यालय प्रमुख अमरनाथ झा रहेका थिए । अख्तियारमा उजुरी परेपछि कार्यालयले पनि छलफल समिती बनाएको थिए । हाल प्रक्रिया रोकिएको पनि कार्यालयले जनाएको छ । यो समाचार नवजनता साप्ताहिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस