श्रावण ७, दाङ। दाङको तुलसीपुर बजारमा जथावाभी पार्किङ गरेर राखेका सवारी साधनलाई ट्राफिक प्रहरी तुल्सीपुरले ह्वीललक गर्दै आएको छ । सडक नै ओगटेर गरिएको पार्किङले सवारी दुर्घटना बढेको भन्दै यस्तो कार्य अघि बढाईएको हो ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले बजारमा अनावश्यक रुपमा रोकिराखेका दर्जन बढी सवारी साधनलाई एकपटक सम्झाएर छोडिएको छ ।बुधबारदेखि भने ह्वीललक गरिने उनले बताए । बढ्दो सवारी दुर्घटना न्युनीकरण र अव्यवस्थित पार्किङ व्यवस्थित गर्न यो नियम लागु गरिएको उनको भनाई छ ।
अबदेखि पार्किङ निषेधित क्षेत्रमा रोकिराखेका जुनसुकै सवारी साधनमा ट्राफिक प्रहरीले ९ह्वील लक० गर्ने र ह्वीललक गरेका सवारीधनीले जरिवाना तिरिसकेपछि मात्रै खोलिने तुल्सीपुर ट्राफिक प्रमुख केसीले बताए ।