• २०८१ जेष्ठ १० गते बिहिवार

पुस्पलालको स्मृति र अल्मलिएको नेकपा

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

आज नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष स्व पुस्पलालको ४२ औ स्मृति दिवसको उपलक्षमा उहाप्रति हार्दिक श्रदासुमन १ राणाशासकले दाजू गङालाललाई मृत्युदन्ड दिएपछि राणा बिरुद्दमा लागेका पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर व्यक्ति तथा एक प्रखर कम्युनिस्ट नेताको रुपमा चिनिन्छन । उहाले २००६ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

नेपालमा मार्क्सबादी बिचार फैलाउने पहिलो कम्युनिष्ट नेता, तत्कालिन निरंकूश शासन ब्यबस्थामा पनि बढो आंट र शाहसकासाथ गणतन्त्रात्मक शासन ब्यबस्था संचालनमा ल्याउन सक्नुपर्दछ भन्ने नेताकोरुपमा उहाको जोड सिद्दान्त, कुशल संगठन र बर्ग संघर्षमा नै थियो । किनकी बर्ग संघर्षबिना समाज परिवर्तन हुदैन पनि । तत्कालिन अवस्थामा उहाको सोचलाई आत्मासाथ गर्दै अहिलेको समाज शुद्धिढिकरण गर्ने हो भने आर्थिक तथा सामाजिक क्रान्तिमार्फत बैज्ञानिक समाजबाद स्थापना गरि नेपाली कम्युनिष्ट क्रान्तिको बाटोलाई पूर्णता प्रदान गर्नको लागि उहाको बिचारबाट धेरै कुराहरु सिक्न सकिन्छ । यसरी नेपालमा धेरै आरोह-अबरोहहरु पार गर्दै विभिन्न धारका कम्युनिष्टहरुले एकतन्त्रीय शासन व्यवस्था बिरुद्द संघर्षको मैदानमा लड्दै आए । गणतन्त्र आउनुपूर्व कम्युनिष्ट पार्टिहरु विभिन्न बादका नाममा कहिले जुट्ने त कहिले फुट्ने क्रमसंगै विभिन्ने शैद्दान्तिक नयाँ बादहरुको प्रादुभाव पनि गरे र त्यहिनुरुप ४६ साल पूर्बका विभिन्न हागामा विभाजीत कम्युनिष्टहरुको मिलन बिन्दु एकै ठाउँमा भयो र जसअनुरुप स्व मदन भन्डारीले जनताको बहुदलिय जनबादको सिद्दान्त प्रत्युत्पादन गरे र नेकपा एमाले पार्टी नेपालको इतिहासमा मजबुत कम्युनिष्ट पार्टीकोरुपमा उदय भइ नेपाली कांग्रेससंज मिलि ४६ सालको परिवर्तन सम्भव भयो ।

त्यस्तै ५२ देखि ६२ सम्मको माओबादी जनयुद्दले पनि नेकपा एमाले, कांग्रेस र माओबादी पार्टि मिलि राजतन्त्र फाल्न सम्भव भयो । त्यस्तै ०७२ को नयाँ गणतन्त्रात्मक संविधान पश्चात् तत्कालिन नेकपा एमाले र एकीकृत माओबादी मिलेर अहिलेको नेकपा बनेको छ र झन्डै दुई तिहाई बहुमतको नेकपाको सरकारले सरकार संचालन गरेदेखि नै विभिन्न आरोह अबरोहका वावजुदपनि जनताको समृद्दी र देश बिकासमा केही टेवा पुर्‍याएको पनि छ । परिवर्तनका रेखाहरु कोरिएका पनि छन तर यति हुँदा हुदैपनि अहिले नेकपा अन्य पार्टीहरुको अबरोध भन्दा पनि आफ्नै परिवारभित्र रुमलिएको छ । यो अल्मलिनुको कारण न त विचार , न सिद्दान्त, न कुनै वाद प्रतिपादन वैचारिक संघर्षको लागि हो, यसमा वाद विवाद त खाली अतितको व्यक्तिगत इगो र संकोच अनि केही विदेसी तत्व जुन शब्द नेपाली राजनीतिमा नौलो होइन नै प्रमूख कारण रहेको कुरा आम जनमास पनि अपरिचित छैनन ।

तथापी, कम्युनिष्ट आन्दोलनका धरोहर व्यक्तिका रुपमा चिनिने मोहन विक्रम सिंह भन्छन नेकपाभित्रको मतभेद वा अन्तरसङ्घर्षलाई दुई प्रकारले बुझ्नुपर्ने आवश्यकता छ स् प्रथम, राजनीतिक प्रकारले र, द्वितीय, सङ्गठनात्मक प्रकारले । राजनीतिक पक्षलाई हामीले केहि खास अर्थमा बुझ्नु पर्दछ । अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले आफ्ना स्वार्थ अनुरूप नेपालको सत्तामा परिवर्तन गर्न चाहन्छन् । अमेरिकाले त त्यो नीति विश्वव्यापी रूपमा नै अपनाउँदै आएको छ । आवश्यक भएमा त्यसले कुनै देशमा सैनिक हमला गरेरपनि कुनै सरकारलाई अपदस्त गर्ने वा त्यहाँ आफ्नो अनुकूल सरकार कायम गर्ने प्रयत्न गर्दछ । तर भारतका लागि त्यो तरिका अपनाउनका लागि सिमित क्षेत्र छ । अन्यत्रको कुरा छाडौँ, स्वयम् दक्षिण एसियामा पनि त्यस प्रकारको नीति अपनाउनका लागि त्योसंग आवश्यक शक्ति छैन । तर नेपालमा त्यसले दशकौं देखि त्यस प्रकारको नीतिको अभ्यास गर्दै आएको छ । नेपालको कमजोर र भुपरिबेष्ठित स्थिति, एक प्रकारले भन्ने हो भने भारतद्धारा घेरा बन्दिको स्थितिका कारणले नेपालमा त्यस प्रकारको नीति अपनाउनु त्यसले आफ्नो अधिकार जस्तै ठान्दै आएको छ ।

तसर्थ आजको नेकपाले आफू हिड्ने बाटोको काडा आफैले तेर्स्याउने होइन र अरुले तेर्स्याएका काडामा नअल्झी विभिन्न व्यक्ति र नेताका गुट र उपगुटको घेराबन्दिबाट टाढा रहि कार्यकर्ता पनि खास नेताको भन्दा नेकपाको इमान्दार कार्यकर्ता बनि सरकार र पार्टी अनि देशभर कोरोना, बाढी पहिरोको कारणले आपद बिपदमा परेका नेपाली जनताको हितानुकूल कार्य गर्न जरुरी छ र पद, पावर र कुर्सीको लोभमा नफसि जिम्मेवारबोधमा पनि सबै नेता तथा कार्यकर्ताको भूमिका उत्तिकै रहनुपर्ने देखिन्छ । त्यसैले पुस्पलालले देखाएको बाटो नै मार्गनिर्देशक शिद्दान्त बनोस र नेकपाको आन्तरिक विवाद छिट्टै समाप्त होस भन्ने कामनाका साथ फेरि पनि पुस्पलालप्रति श्रद्धा सुमन ।

प्रतिक्रिया दिनुहोस