• २०८१ चैत्र ३ गते सोमवार

आजबाट मापासे चेकिङ सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ७, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न भनेको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न भनेको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो । यस्तै आजबाटै लागु हुने गरि लकडाउन अघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार ट्राफिक नियमविरुद्ध चल्नेलाई जरिवाना लाग्‍नेछ । ढकालले भने, “हामी पुरानै अवस्थामा सक्रिय हुन्छौं । लकडाउन हटेसँगै नियम विपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही पनि हुन्छ ।”

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्ने टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताए । महिला प्रहरीको टोलीले बसपार्क, बसबिसौनी र गुडिरहेको बसमा समेत अनुमगन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस