असार ८, नवलपरासी । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले पार्टी कार्यलय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। नेविसघं पश्चिम नवलपरासीका निबर्तमान उपाध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा तथा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु पौडेलको बिशेष उपस्थितिमा फोहोर ब्यवस्थापन तथा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पौडेलले नेविसघं नवलपरासीले निकै उत्कृष्ट काम गर्दै आईरहेको र राष्ट्र राष्ट्रियताको चिन्तन सहित समाज परिवर्तनको लागि विभिन्न अभियानमा सहभागी हुदै तमाम रचनात्मक काम गरेको बारे प्रशंसा ब्यक्त गर्नु भएको थियो।
सरसफाइ कार्यक्रममा पार्टी जिल्ला सहसभापति सुबास गिरी, जिल्ला सदस्य देवराज भण्डारी ,ने बि संघ निबर्तमान अध्यक्ष राजन भण्डारी , निवर्तमान उपाध्यक्ष अनिस मान श्रेष्ठ, क्षेत्रीय सभापति धिरज हलुवाइ, दिव्यज्योती क्याम्पसका सभापति कमल बस्याल , सचिव केदार चौधरी ,पाल्ही बहुमुखी क्याम्पस सभापति इमामुल अलि लगायत नेविसंघका जिल्ला सदस्यहरुको उपस्थिति रहेको जिल्ला सहसचिव विकास घिमिरेले जानकारी दिनुभयो ।