असार ८, दैलेख । जिल्लाका पालिकाहरुमा ६ लाख बराबर को स्वास्थ्य सामग्री बितरण गरीएको छ । जिल्लाको महाबू गाउँपालिका ३ बासि भक्त बहादुर नेपालीको पहलमा ६ लाख बराबर को स्वास्थ्य सामग्री बितरण गरीएको हो ।
हाल सूआहरा परियोजनामा बिगत ४ बर्ष देखि दैलेख जिल्लामा स्वास्थ्य तथा पोषण अधिकृतको रुपमा भक्त बहादुर नेपाली कार्यरत हुनुहुन्छ । जिल्लाको स्ठाई बासिन्दा भएकाले उहाँको व्यक्तिगत पहल मार्फत केयर नेपालको आर्थिक सहयोगमा काठमाडौँ स्थित दैलेखी सेवा समाज र एभरेस्ट क्लब दैलेखको सयुक्त साझेदारीमा स्वास्थ्य सामग्री बितरण गरीएको स्वास्थ्य तथा पोषण अधिकृत भक्त बहादुर नेपाली बताए ।
दैलेख जिल्लामा कोभिड १९ को महामारीको बिपत्ति भैरहेको अवस्थामा यसको रोकथाम तथा संक्रमन न्यून गर्नका लागि रु ६ लाख बराबरको स्वास्थ्य सामग्रीहरु दैलेख जिल्लाका अति संक्रमित गाउ तथा नगरपालिकामा बितरण गरीएको छ ।
जिल्लाको नारायण नगरपालिका, दुल्लु नगरपालिका, महाबू गाउँपालिका, डुङ्गेश्वोर गाउँपालिका, भैराबी गाउँपालिका र भगवतिमाइ गाउँपालिका र वार्डको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीको निमित्त सम्बन्धित गाउँपालिका तथा नगर पालिकामा वितरण गर्ने कार्यक्रम जारीरहेको छ । साथै दुल्लु नगरपालिका, महाबु गाउँपालिका र भगवतिमाइ गाउँपालिकामा भने सो स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भैसकेको छ ।
स्वास्थ्य सामग्रीहरुमा पिपिई सेट, केएन ९५ माक्स, पञ्जा, सर्जिकल माक्स, आईआर थर्मोमिटर, सेनिटाईजर ५०० एफएल, सेनिटाईजर १०० एमएल, क्लोरीन आदि रहेका छन ।