• २०८२ बैशाख ६ गते शनिवार

थप ५३५ जनामा को’रोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९५६१

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ को’रोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा ९ हजार ५ सय ६१ जनामा को’रोना संक्रमण देखिएको छ ।

आज भएको परिक्षणमा कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा को’रोना पोजेटिभ देखिएको छ। 

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा को’राना पोजेटिभ देखिएको छ ।

अहिले अहिलेसम्म को’रोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । हालसम्म रसुवाबाहेक नेपालका ७६ जिल्लामा को’रोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस