जेठ ९, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ५१६ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा मकवानपुर र भक्तपुरका ५४ र ४२ वर्षका महिलाहरू, बि.पि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएकाे सप्तरीका ३५ वर्षिय पुरूष र किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्रमा गिरएकाे परिक्षणमा बाराका २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरूषहरू रहेका छन ।
मन्त्रायका अनुसार उहाँहरू सबैकाे अवस्था सामान्य रहेका छ र उहाँहरू सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमा हुनुहुन्छ ।