• २०८२ जेष्ठ १ गते बुधवार

थप २० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५०७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । पुरुषहरु ४३३ र महिला ७४ रहेका छन । हालसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालमा भएको परिक्षणमा कैलालीका तीन जना, डडेलधुराका १, बैतडीका १, भेरी अस्पतालका परिक्षण गराउनु भएका बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । नयाँ संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।

प्रतिक्रिया दिनुहोस