• २०८१ साउन १ गते मङ्गलवार

घाँटी थिचेर छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, महोत्तरी । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका-३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

सोही गाउँपालिका(७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस