• २०८१ साउन ८ गते मङ्गलवार

भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि छैन राहत, बसाई कष्टकर

अमृत भट्टराई पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ०९, पर्वत । विनाशकारी भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि भूकम्पले पर्वतमा भत्काएका घर लगभग बनाइ सकेका छैनन् । भत्केका चार हजार आठ सय ४६ मध्ये अभ केही घर मात्रै बन्न बाकी छन् । तर कतिपय व्यक्तिको राजनीति कारणले गर्दा चिरैचिरा परेको घर पनि पुर्ण क्षेतिमा नपरेको पनि स्थानीयले बताउछन् ।

ती मध्य एक हुन बिहादी गाउँपालिका वडा नम्बर ४ वहाकी लिड्सिङका ७५ वर्षीय खिम प्रसाद भुसाल भुसालको घर । गएको २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले घरको चारैतर्फ चिरैचिर पारेको छ । भुसालले भने सबै तिर सरकारले राहत दिदै आएको छ मैले पनि पाउछु होला भनेर बसेको थिए । तर गाउँमा भएका केही राजनीतिक कारणले मेरो घर पहिलो नम्बरको भूकम्प बाट भने बन्चित गरेको सुने फेरि पहिला छुटेका लागि फेरी गुनासो भर्ने भनेर आए गुनासो भरे र गए सँगै गुनासो भरेकाको नाम आएर पनि नयाँ घर निर्माण भयो तर हामी अझै यहीँ घरमा बस्न बाध्य छौँ उनले भने ।

जब बर्खा लाग्न सुरु हुन्छ अनि फेरि मनमा विभिन्न डर सँग त्यहीँ घरमा बस्न पर्छ अहिलेसम्म ४ वटा बर्खा जादा पनि नत वडाले नै गुनासो सुन्छ न त गाउँपालिकाले नै । ९ जनाको परिवार भएको यो घरमा कुन बेला कुनै खालको घटना नघटला भन्न सकिदैन । सोही घरका सदस्य युवराज भुसालले भने गाउँपालिकावाट दुरीको हिसाबले पनि मेरो घर नजिक छ गाउँपालिका अध्यक्षलाई मौखिक र वडाबाट लिखित गरेर दुई पटक निवेदन दिए तर अहिलेसम्म सुनुवाइ नभएको भन्दै हाम्रो मिडिया सामु दुख् पोखेका थिए । जिल्ला भरका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका २ हजार ८ सय ७४ जनाले गुनासो फाराम भरेका हुन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका थिए । बिहादी गाउँपालिकामा ७ सय ६५ जनाले गुनासो फाराम भरेका इकाई कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस