• २०८२ बैशाख २९ गते सोमवार

महामारीमा आफू सुरक्षित भएर रिपोर्टिङ गर्ने पत्रकारलाई प्रोत्साहन गरौं हतोत्साहित होइन महासंघ : अध्यक्ष प्रियाशन

सागर थापा/बिदुर एमसी पढ्न लाग्ने समय : २ मिनेट

जेठ ९, दाङ । यतिखेर सारा संसार कोरोनाको महामारीले भयभित छ । हाम्रो देश नेपाल पनि विगत दुई महिनादेखि लक डाउनको मारमा परेको छ । यस लक डाउनका अवधिभर नागरिकहरु घरभित्र छन् । तिनै नागरिकहरुका सेवा सुरक्षाका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु घर बाहिर छन् । चोकमा, कार्यक्षेत्रमा छन् । यस्तो विषम परिस्थितिमा हरेक अभाव झेलेर पनि निरन्तर रिपोर्टिङ गरेर देश र आम नागरिकलाई सु-सूचित गर्ने साहसिक पत्रकारहरुलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिन्छन नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियाशन ।

त्यसरी दिनरात खटेर आफ्नो दायित्व पूरा गर्ने सञ्चारकर्किहरु भनेका राष्ट्रका अमूल्य गहना हुन, उनले भने पत्रकारहरु घरमा बसेभने सूचनाको प्रवाह कसले गर्छ त ? उनले प्रतिप्रश्न गरे । अध्यक्ष प्रियाशनले भने यसरी रिपोर्टिङ गर्दा सुरक्षाका लागि सुरक्षा नीति भने अपनाउनु पर्छ । अहिलेको यस्तो अप्ठ्यारो अवस्थामा आम नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारको एकापसमा राम्रो समन्वय भएमा मात्र कोरोनाको महामारीका विरुद्ध लड्न सकिनेमा अध्यक्ष प्रियाशनको सुझाव थियोे ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा दाङका अध्यक्ष प्रियाशनले पत्रकारहरु ५ नम्बर प्रदेशमा पर्ने कुनैपनि जिल्लामा गएर आफूले रिपोर्टिङ गर्न सकिने र रिपोर्टिङमा बाधा अवरोध पुर्‍याउने जोसुकैलाई पनि कानूनले दण्ड जरिवाना गर्ने जनाएका छन् । पत्रकार महासङ्गको जिल्लाको तर्फबाट जिल्लाभित्र रहेर जुनसुकै क्षेत्रबाट पनि पत्रकारिता गर्ने पत्रकारहरुसित राम्रो समन्वय भएको पनि उनले बताए । जिल्लामा सुरक्षा निकायसङ्ग समन्वय गरेर अन्य छिमेकी जिल्लाहरुका नागरिकहरुलाई एक ठाँउबाट अर्को ठाँउसम्म पुर्‍याउनमा पनि आफ्नो शाखाले सक्दो सहयोग गरेकोमा उनले सन्तोष व्यक्त गरे ।

राजधानी काठमाडौंबाट सिधै प्रसारण हुने खबर24नेपाल र एबिसी सञ्चारकर्मिसङ्ग दाङको घोराहीमा भएको कुराकानीमा उनले यस्तो कुरा बताएका हुन् । लक डाउनका नाममा बाटो घाटोमा ढुङ्गा मुढा तेर्साएर आवागमनमा बाधा पुर्‍याउनु घोर असामाजिक कार्य भएकोले यस्तो नगर्न सबैलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस