• २०८० फाल्गुन १० गते बिहिवार

प्रमुख जिल्ला अधिकारी ढकालद्धारा क्वारेन्टाइनको अनुगमन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ०९, रोल्पा । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले थबाङ गाउँपालिकाले निर्माण गरेको वीर बलभद्र नमुना मा वि थबाङको क्वारेन्टाइनको अनुगमन गर्नु भएको छ । जिल्लाका विभिन्न स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनको अनुगमनमा हिडनु भएको प्रमुख जिल्ला अधिकारी ढकाल अनुगमनको सिलशिलामा बिहिबार साझ थबाङ आइपुग्नु भएको हो ।

शुक्रबार विहान थबाङको क्वारेन्टाइनमा पुगेर क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई भेटेर उनीहरुको अवस्था र क्वारेन्टाइनको अवस्था बारेमा बुझ्नु भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्ने भनेको अरु सँगको दुरी कायम गर्ने रहेको र जिल्ला बाहिर बाट आएका हरुलाई क्वारेन्टाइनमा राख्नु भनेको उनिहरु संक्रमण भएर हैन सरकारले बाधेको नियम पालन गर्न र जिल्ला वा देश बाहिरबाट आएका व्यक्तिहरुमा कहि कतै कोही संक्रमण भएको खण्डमा पहिचान गर्न सहज होस भनेर क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।

अहिले नै आतिनु पर्ने अवस्था छैन नेपालमा संक्रमणको संख्या बढे पनि यस रोगलाई जितेर घर धेरै फर्किसकेको अवस्था भएकोले साह्रै आतिहाल्नु पर्ने अवस्था नभएता पनि यसबाट सजग हुनुपर्ने उहाले बताउनु भयो । कोरोनाको बारेमा सबैले राम्रो सँग जान्न जरुर रहेको र फिल्डमा खटेर कोरोन विरुद्ध जनतको सेवामा खटिरहनु भएको स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र कर्मचारीहरु आफु जोगीएर जनाताको सेवामा खटिन समेत आग्रह गर्नु भएको छ ।

अनुगमनमा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत रेवत बहादुर बुढाथोकी,स्वास्थ्य शाखा संयोजक तुल बहादुर पुन ,भण्डार शाखा प्रमुख अधिकार बुढा इलाका प्रहरी कार्यलय थबाङमा इन्चार्ज सुमन ओझा लगायतको उपस्थित रहेको थियो ।

थबाङ गाउँपालिकाले निमार्ण गरेको वीर बलभद्र नमुना मा वि थबाङ क्वारेन्टाइनमा  ४९ जना रहेका छन भने हिमालय फुलबारी मा वि मिरुलमा ५ जना, नेपाल राष्ट्रिय आधारभुत विध्यालय घाेराबाङमा २ जना, जनज्योती प्राथामिक विध्यालय जुत्तरमा १२ जना ,हिमालया प्राथामिक विध्यालय दाङसगामा २ जना गरि  जिल्ला बाहिरबाट आएका ७० जना क्वारेन्टाइनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस