• २०८१ साउन १ गते मङ्गलवार

मुसिकोट नगरपालिका वडा नं १ लाई शुक्रवार देखि १ हप्ताका लागि पूर्णरूपमा शिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ०९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ लाई शुक्रवार देखि १ हप्ताका लागि पूर्णरूपमा शिल गरिने भएको छ । वडाकार्यालयको विहिवार भएको सम्पन्न बैठकले शुक्रवार अर्थात् जेठ ९ देखि १६ गतेसम्मका लागि वडालाई सिल गरी बन्दाबन्दी अर्थात् लकडानको थप कडाई गर्ने निर्णय भएको महिला वडासदस्य तथा कार्यवहाक वडाध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण छिमेकी पालिका तथा जिल्लाहरुमा पनि देखिएर थप जोखिम बढ्न सक्ने जनाउँदै वडाबासी नागरिकबाट बेवास्था बढ्न थालेको भन्दै कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन वडाको विहिबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले अन्य पालिकाहरु, जिल्लाहरू, भारत लगायत तेश्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय समेत गरेको छ । जसका लागि वडामा रहेका सरस्वती माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयमा क्वारेन्टाईन निर्माण गरिने बताईएको छ ।

एक हप्ताका लागि वडा भित्र आवतजावतमा पुर्णरूपमा बन्द गरिने छ साथै सोही बैठकले वडामा भित्रिएकाहरु र क्वारेन्टाईनमा बस्ने र बसेकाहरूका लागि तथा वडामा विभिन्न नाकाहरूबाट र अन्यत्र क्षेत्रबाट प्रवेश गर्न सक्ने व्यक्तिहरुको उच्च निगरानी वडाभित्रका बिद्यालय शिक्षक, आमासमुह, क्लव, स्वयं सेविकाहरुको सहयोगमा स्वास्थ्य परिक्षण गर्ने र आवतजाबतमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको वडा कार्यालयले जानकारी गराएको छ । यो अबधीभर आउजाउ गर्ने र वडाको निर्णयलाई बेवास्ता गरेमा संक्रमण रोग एेन बमोजिम कार्वाही गरिने सूचनामा उल्लेख गरिएको छ।यस्तै वाह्यक्षेत्रबाट वडामा प्रवेश गर्ने जो कोहीले पनि सम्बन्धित वडापालिका,प्रहरी कार्यालय वा बिपद ब्यबस्थापन समितमा पूर्व जाकारी गराएर मात्र प्रवेश गर्ने अन्यथा बिनासूचना लुकीछिपी वडा तथा घरमा आएमा वा सूचनाप्रति बेखबर भएमा त्यस्ता ब्यक्ती तथा परिबारलाई वडा तथा नगरपालिकाबाट उपलब्ध हुने सेवासुबिधाबाट बञ्चित गराईने निर्णय भएको वडाअध्यक्ष पूर्ण बहादुर हितान मगरले जानकारी दिनुभयो।यस्तै वडामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेहरूका लागि खाने बस्ने ब्यबस्थापन वडा तथा नगरपालिक

प्रतिक्रिया दिनुहोस