• २०८१ साउन ८ गते मङ्गलवार

८ बर्षीया बालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता पक्राउ

बिनोद दर्नाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०९, सुनसरी । सुनसरीको धरानमा बालिका बलात्कारको आरोपमा समाजवादी पार्टीका नेता पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय धरानका अनुसार स्थानीय ८ बर्षकि बालिकालाई फकाई जवरजस्ती करणी गरेको आरोपमा धरान १५ मिलन पथका बस्ने वर्ष ४० का श्री सुब्बा भनिने श्री प्रसाद लिम्बु लाइ पक्राउ गरेको हो ।

बलात्कृत ८ वर्षिय ती बालिकाले आमालाई विगत १०–१२ दिन देखि आफु माथि भएको घटना बताएपछि आमाले जेठ ५ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीकै आधारमा उनको खोजी गरेपनि उनि फेला गरेका थिएनन । लिम्बुलाई बिहीबार पक्राउ गरिएको छ भने पिडित बालिकाको स्वास्थ्य परिक्षण गरिसकेको प्रहरीले जनाएको छ ।

यसै गरी जेठ ७ गते जबरजस्ती करणीका  प्रतिबादी  पक्राउ परेका छन ।  धरान उपमहानगरपालिका १७ बस्ने १५ बर्ष  की बालिकालाई धरान उ.म.न.पा. वडा न. ९ आचार्यलाईनमा डेरागरी बस्ने १९ बर्ष को उमेश ठटालले बिवाह गर्ने भनि ललाई फकाई पटकपटक जवरजस्ती करणी गरेको भन्ने पिडितको बुबाबाट जाहेरी दरखस्त भए पछी  प्रतिबादी उमेश ठटाललाई पक्राउ गरी जिल्ला  अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्धामा अनुसन्धानको कार्य भै रहेको डिएसपी न्यौपाने ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस