चैत ९, काठमाडौं । आज दिउँसो देशको पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ भने देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध समेत गरेको छ ।