मंसिर ६, एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा मोनाकोले पीएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० अग्रता दिलाए । ४४ औं मिनेटमा एमबाप्पेले तेस्रो गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई गोलको मान्यता दिएन । खेलको ५२ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै मोनाकोलाई २-१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरी बनाए । खेलको ८४ औं मिनेटमा पीएसजीका डियालोले रातो कार्ड पाउदै मैदानबाट बाहिरिए । उनले मोनाकोका केभिनलाई आफ्नो डिबक्स भित्र फउल गरेका थिए । जसमा मोनाकोले पेनाल्टी पायो र उक्त पेनाल्टीमा सेस फेब्रिगासले गोल गर्दै मोनाकोलाई ३-२ को जित दिलाए ।
जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ । मोनाकोले ११ खेलमा २० अंक जोड्यो । पीएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।