• २०८२ जेष्ठ २ गते बिहिवार

बसले ठक्कर दिदा सरकारी गाडिमा सवार एक महिलाको मृत्यु, एक जना घाईते

खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, कैलाली । कैलालीमा बसले ठक्कर दिदा सरकारी गाडीमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । जिल्लाको बर्दगोरी गाउँपालीका वडा नं. ४ स्थित चमेलीपुर नजिक उक्त दुर्घटना भएको हो ।

पश्चिम बाट पुर्व तर्फ गईरहेको लम्कीचुहा नगरपालीका वडा नं. ९ प्रतापुरका अध्यक्ष राम बहादुर चौधरीले चलाईरहेकोे सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर सरकारी मोटरसाईकलाई सोहि दिशा तर्फ गईरहेको सुदूरपश्चिम यातायात व्यावसायिक समितिको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको हो । बसले ठक्कर दिदा मोटरसाईकल चालक अध्यक्ष र सवार नेपाली काङ्गेस क्षेत्रीय कोषाध्यक्ष भागरथी रेग्मि घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारका लागि घोडाघोडि अस्पतालमा लगिएको र उपचारका क्रममा रेग्मिको मृत्यु भएको हो ।

चालक चौधरीको भने अहिले घोडाघोडि अस्पतालमानै उपचार भईरहेको र उनको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय सुखडा प्रहरी प्रमुख सागर बोहरा जानकारी दिनुभएको छ । ठक्कर दिने बस र बस चालक ३६ वर्षीय खकेन्द्र अधिकारी अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रमुख  बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस