कार्तिक , ४ काठमाडौँ । थप ५ हजार ७ सय ४३ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज २० हजार १ सय १८ जनामा परिक्षण गर्दा ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ सय जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २९ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९९ हजार ६ सय ५ जना रहेको छ । आज २६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको छ ।