• २०८२ बैशाख २९ गते सोमवार

दाङमा ब्राउन सुुगरसहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५ , दाङ । दाङमा ब्राउन सुुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टीटोलका ३५ वर्षीय महिन अन्सारी तीन सय २५ ग्राम ब्राउन सुुगरसहित पक्राउ परेका हुन् ।

अन्सारीलाई प्रहरीले दाङको लमही नगरपालिकाको अमेलियाबाट पक्राउ गरेको हो । अन्सारीले शरीरमा ब्राउन सुगर लुकाएर राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।बरामद गरिएको ब्राउन सुगरको बजार मूल्य झण्डै ७५ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस