• २०८२ जेष्ठ ४ गते शनिवार

आज बस्ने नेकपाको सचिवालय बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने गरि स्थगित भएको छ । आइतबारदेखि सुरु भएको नेकपा सचिवालय बैठक आज पुनः बस्ने तय भएको थियो । सचिवालय बैठक भोलि मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका कार्यसूचीहरुमाथि छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस