• २०८० फाल्गुन ११ गते शुक्रवार

नेपाल पत्रकार महासंघ रुकुमको सहजिकरणमा जिल्ला अस्पतालमा स्वास्थ्य सामग्री प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५ ,रुकुम पश्चिम । रुकुम पश्चिम मनघरी फाउन्डेसनको सहयोग र नेपाल पत्रकार महासंघ रुकुमको सहजिकरणमा जिल्ला अस्पताल सल्लेमा केही स्वास्थ्य सामग्री प्रदान गरिएको छ । १५ सेट पिपिई, १५ थान फेस शिल्ड र १५ थान मास्क प्रदान गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर राजकुमार भुजेललाई स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै प्रमुख शर्माले सामग्रीको संख्या भन्दा यसको सन्देश महत्वपूर्ण रहेको बताए । विशेष समय र परिस्थितिमा एकअर्काको लागि हातेमालो हुनुले चुनौति सामना गर्न सबै क्षेत्र सँगसँगै रहेको सन्देश प्रवाह भएको प्रमुख शर्माले बताए ।कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य महेन्द्र केसी, जिल्ला अस्पतालका महिला रोग विशेषज्ञ डा। केहलबिक्रम जिसी, कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस