• २०८२ बैशाख २९ गते सोमवार

भारतमा कोरोना संक्रमितको संख्या साढे ५४ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ९२ हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस