• २०८२ जेष्ठ ३ गते शुक्रवार

दिल्लीको विजयी सुरुआत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ ।आइतबार राति भएको खेलमा दिल्लीले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो ।

 

सुपर ओभरमा पन्जाबले दिएको तीन रनको लक्ष्य दिल्लीले मात्र दुई बल खेल्दै पूरा गर्यो । सुपर ओभरमा पन्जाबका लागि कप्तान केएल राहुले दुई रन जोडेका थिए । उनले कागिसो राबाडाको पहिलो बलमा दुई रन जोडेका थिए । तर, दोस्रो बलमा क्याच आउट हुँदै पेभिलिय फर्किए । तेस्रो बलमा निकोलस पुरानलाई बोल्ड गरेपछि दिल्लीले तीन रनको लक्ष्य पाएको थियो ।

प्रतिक्रिया दिनुहोस