• २०८१ माघ ११ गते शुक्रवार

१९ जना स्थानीयले पाए निशुल्क दन्त उपचार

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ ०५ मुगु । मुगुमा १९ जना स्थानीयले निशुल्क दन्त उपचार पाएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त रोगि भएका ११ जना जना महिला र ८ जना पुरुष लाई निशुल्क दन्त उपचार गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यालयका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्व नै आक्रान्त भएको अवस्थामा र नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिको पालना लाई मध्येनजर गर्दे सरकारले निर्धारण गरेका मापदण्डलाई आत्म साथ गर्दे र सामाजिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्या बाट छटपटाई रहेका स्थानीय बासि लाई सामुदायिक अस्पताल रिउस बगरमा निशुल्क दन्त शिविर राखि सो सेवा प्रदान गरेको जनस्वास्थ्य निरिक्षक बलिराज बुढाले बताए । उनका अनुसार दाँत सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु बाट मुगुम कार्मारोगं गाउपालिका वडा नं ६ का पुअ र रिउस गाउका १९ जना दन्त रोगि लाई निशुल्क उपचार गरेको बुढाले बताए ।

जन स्वास्थ्य निरिक्षक बुढा र सामुदायिक स्वास्थ्य निरिक्षक राज बहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउका स्थानीय लाई सेवा प्रदान गरेका हुन । सामुदायिक स्वास्थ्य केन्द्रमा सेवा लिन आएका मुगुमकार्मारोगं गाउपालिका वडा न. ६ रिउसका स्थानीय ताक्पा लामाका अनुसार नजिकैको हामि दन्त रोग बाट ग्रसित थियौ कसरी उपचार गर्ने , भएका दाँत पनि किराले सखाप पार्न लाग्दा समयमै शिविर सञ्चालन हुदा यो समस्या बाट हटेको लामाले खुसि व्यक्क्त गरेका छन् ।

उनले भने दाँत फाल्नको लागि सदरमुकाम गमगढी बजारमा जाउ भन्ने लकडाउनका कारण जान नपाईने र आर्थिक अवस्थामा पनि न्युन भएका कारण सदरमुकाम जाने पनि अवस्था नरहेको लामाले दुखेसो पोखेका छन् । शिविरमा करिब १५ हजार बरावरको रकम बाट स्वास्थ्य सामग्रीको निशुल्क सेवा र दाँत गिजा , चेकजाँच , तथा परामर्श गरिएको छ । साथै गाउपालिकाका ९ वटै वडाहरुमा शिविर सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य शाखा मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस