भदौ ०५ मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका १० सालिम खोलामा पुल हालसम्म निर्माण नहुँदा स्थानीय नागरिकहरु खोलाबाट आवात जावत गर्न बाध्य भएका छन् । गमगमढी नाग्चालाग्न सडक अन्तरगत सालिम खोलामा पुल नुहदाँ स्थानीय नागरिक खुट्टा पिडाउदै खोला तर्न बाध्य भएका हुन ।
हिउँदमा खोला घटेर बाटो सहज भएपनि बर्खामा खोलामा भेल आउने हुँदा स्थानीय नागरिकलाई ओहोर दोहोर गर्न बाधा पुग्ने गरेको छ । खोलामा पुल नहुदाँ बर्सेनी यो बर्खाको समयमा नागरिकले दुःख पाईरहेका छन । बर्खामा खोलामा भेल आउने हुँदा खुट्टा पिडाउदै जोखिम पूर्णयात्रा गरेर खोला तर्ने गरेका नागरिक बताउछन । सालिम खोलामा पुल छैन, हिउँदमा खोलामा ढुङ्गा र माटोको थुप्रो बनाई स्थानीय हिड्ने गरेका भएपनी बर्खाको समयमा ढुङ्गा र माटोे खोलाले बगाउने भएकाले बर्सेनि यो समस्या झेल्नु परेको र जोखिमपूर्ण यात्रागर्नु परिरहेको आवतजावतगर्ने नागरिकले गुनासो गर्दै आएका छन्।
मुगुको बाटो आफैंमा कठिन छ, त्यसमापनि ठाउँ–ठाउँमा भएकाखहरे खोलामा पुल नहुनु र भएका काठका पुल पनि बगाउने समस्याले वर्षैपिच्छे यस्तो सास्ती झेल्नुपरेको छ । हिउँदमा खोला सुक्छन् र बाटो सहज हुन्छ । बर्खामा पानी धेरै पर्ने र खोलामा बाढी आउने हुनाले सालिम खोला तरेर गमगढी आउने र गमगढी बाट घर जाने तथा मुगुमकामारोगं गाउँपालिकाजाने नागरिकले दिनैपिच्छे खोलाको किनारमा पुग्दा झस्किने गरेका छन । यस्तो सास्ती कहिलेसम्म भोग्ने यहाँका नागरिकले सम्बन्धित निकायलार्ई प्रश्न गर्ने गरेका छन । ११ बर्ष भयो गमगढी नाग्चालाग्न सडक निमार्णको कार्य थाल निभएको अहिले सम्म १७ किलोमिटर भन्दा बढी सडक निमार्ण भएको छैन । सडक ब्यबस्थित नहुदाँ र खोलामा पुल नहुदाँ नागरिकले आवत जावतमा समस्या भोग्दै आएका ११ बर्ष भएको भएपनि सडक निमार्णको निरन्तता, सडक ब्यबस्थित बनाउन र खोलामा पुल बनाउन कसैको ध्यान गएको छैन।
आजभोलि स्थानीय खुट्टा का बाउला पिडाउदै आवत जावत गर्न बाध्य भएका छन् । पुल नहुदा, मुगुमकामरोगं गाउँपालिका स्थानीय र नगरपालिकाको वडा नं १०, ११, १२ का नागरिक प्रत्यक्ष रुपमा प्रभावित भएका छन । उनीहरुलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिका गमगढीका आश्रित कुमार बोहोराले बताए । पुल बगाएपछि आवतजावतमा समस्या भएपनि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीय बताए ।