• २०८१ माघ ११ गते शुक्रवार

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ । मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् ।

नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४र४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३र३ जना रहेका छन् ।

उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना संक्रमित थपिएका छन् । ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना रहेका छन् । मन्त्रालयका अनुसार आज २५० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार २ सय १४ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १३७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस