भदौ ५, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट २०७७ श्रावण महिनामा सम्पादन भएका कार्यहरु र समग्र गतिविधिहरु समेटेर स्थानीय प्रशासन नामक मासिक बुलेटिन प्रकाशन भएको छ । २०७७ श्रावण महिनामा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सम्पादन भएका प्रमुख कार्यहरु समेटिएर बुलेटिन सार्वजनिक भएको प्रमुख जिल्ला अधिकारी झम्क ढकालले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सम्पादन भएका प्रमुख कार्यहरु निम्न रहेका छन ।
१. जिल्ला विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरी स्वीकृती र कार्यान्वयन
२. पावर व्याकअपको व्यवस्था र संचार सेट मर्मत संभार गरी जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रको आपतकालीन संचार एक वर्ष पछि पुनस् सुचारु,
३. विपद पीडित परिवारहरुका लागि राहत सामग्रीको रुपमा त्रिपाल र टेन्टको व्यवस्था,
४. जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रमा अस्थायी आपतकालीन गोदाम घर सञ्चालन तथा व्यवस्थापन,
५. विपद पश्चातको तत्काल खोज तथा उद्दार कार्य सम्पन्न
६. विपद प्रभावित परिवारलाई फिल्डमै पुगी राहत सामग्री र रकम प्रदान
७. जिल्लाका विपदको वढी जोखिममा रहेका स्थानहरुमा तत्काल राहत सामग्री पुर्याउन सकिने गरी राहत सामग्रीको Pre-Positioning गरिएको,
८. भ्रष्ट्रचार विरुद्ध शून्य सहनशीलता र कार्यालयमा विचौलियाको प्रवेश निषेध,
९. खुला सरकारको अवधारणा अनुरुप सरकारी कार्यालयका वैठक निर्णयहरु अग्रक्रियाशील रुपमा प्रकाशन,
१०. नेपाल सरकारद्वारा जारी गरीएको स्वास्थ्य र विशेष सुरक्षा मापदण्ड पूर्ण पालना गरी कार्यालय संचालन,
११. कार्यालय भवनको रंगरोगन,
१२. कार्यालय हाता भित्र कर्मचारीहरुकै सहभागितामा नियमित सरसफाई,
१३. कार्यालयलाई दैनिक Disinfection गर्न उपकरणको व्यवस्था गरी Disinfection गरेरमात्र सेवा संचालन गर्ने व्यवस्था,
१४. कार्यालय प्रवेश गर्नु अघि सुरक्षित तवरले ज्वरो नाप्ने व्यवस्था,
१५. कार्यालय प्रवेश गर्ने व्यक्तिहरुको लागि प्याडल टच हात धुने व्यवस्था,
१६. कार्यालयमा डिजिटल र प्रिन्टेड वडापत्रको व्यवस्था
१७. कार्यालयको कुन कोठामा के काम हुने हो भनी हरेक कोठाहरुमा सेवाग्राहीले स्पष्ट देख्ने गरी शाखाको नाम टाँस गरेको,
१८. सेवाग्राही जनसमुदायको लागि फ्रि वाईफाई को व्यवस्था,
१९. सेवाग्राही जनसमुदायको लागि तातो र चिसो पानीको व्यवस्था,
२०. नागरिक सहायता कक्षको व्यवस्था,
२१. स्तनपान कक्ष निर्माण,
२२. स्थानीय तहबाट सिफारिस भई आएको विषयमा कार्यालयमा पेश गर्दा थप निवेदन लेखिरहनु पर्ने व्यवस्थाको अन्त,
२३. द्रूत राहदानी सिफारिसको फारम कार्यालयबाट भर्ने व्यवस्था,
२४. सेवाग्राहीको गुनासो सुन्न २४ सै घण्टा संचालन हुने गरी हटलाइनको व्यवस्था,
२५. असक्त र अपांगता भएका नागरिकहरुका लागि घरमै नागरिकता,
२६. सेवा प्रवाहको प्रभावकारीताको लागि कार्यालयमा मासिक र आवश्यकतानुसार स्टाफ मिटिङ्ग संचालन,
२७. कर्मचारीहरुका लागि न्यूनतम संख्यामा मास्क स्यानिटाइजर लगायतका सामाग्रीको व्यवस्था,
२८. जिल्लास्थित सरकारी तथा सार्वजनिक निकायका सूचना अधिकारीहरुको विवरण अध्यावधिक र प्रकाशन,
२९. कोभिड-१९ को समयमा अत्यावश्यक सेवा सूचारु गर्न प्रकृया समय र मापदण्ड निर्धारण गरी सेवा प्रवाह,
३०. कोभिड-१९ को समयमा जिल्लास्थित कार्यालयहरु प्रदान गर्ने सेवा र प्रकृयाको जानकारी दिन सम्पर्क व्यक्तिहरुको सम्पर्क नम्बर प्रकाशन,
३१. कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणको लागि जिल्लाको वास्तविक अवस्था विश्लेषण,
३२. समुदायस्तरमा कोरोना संक्रमण हुन नदिन सबै स्थानीय तहको वडास्तरमा सम्बन्धित वडाका वडाध्यक्षको संयोजकत्वमा सम्बद्ध निकायका प्रतिनिधि रहेको कोरोना रोकथाम समूह (Corona Prevention Group-CPG) गठन र परिचालन गरिएको,
३३. जिल्ला संकट व्यवस्थापन केन्द्रबाट यस जिल्लाको त्रिशूली अस्पतालमा PCR परीक्षण ल्यावको स्थापना गर्ने निर्णय,
३४. जिल्लाको कोरोना संक्रमणको उच्च जोखिम भएको स्थानहरुमा कोभिड १९ PCR परीक्षणको लागि नमूना संकलन गरी परीक्षण र परीक्षणको दायरा बढाइएको,
३५. कोभिड १९ संक्रमण रोकथाम नियन्त्रणको लागि जारी भएको निषेधाज्ञाको आदेशको अवधिमा समेत यस जिल्लाका सम्पूर्ण कार्यालयका कर्मचारीहरुलाई लामो समय देखि थाती रहेका कामहरु सम्पादन गर्न, डिजाइन लगत ईस्टिमेट, खरिद योजना, जिन्सी सामाग्री लिलाम तथा मिन्हा, अभिलेख व्यवस्थापन जस्ता काममा लगाइएको,
३६. जिल्ला संकट व्यवस्थापन केन्द्रको अग्रकृयाशीलता,
३७. जनसमुदायको आवागमन सहज बनाउन अछहरे गुर्जेटोखा अन्तरगतको छहरे गुर्जे सडक पुन संचालन,
३८. मुख्य आपूर्ति मार्ग र लाइफलाइनको अवरोध तत्काल हटाउने व्यवस्था,
३९. नदीजन्य पदार्थको अवैध उत्खनन्, प्रशोधन र विक्रि वितरणमा नियन्त्रण
https://daonuwakot.moha.gov.np/public/upload/ef505dd19c1bea460f21e7826a49439a/files/bulletin_srawan.pdf?fbclid=IwAR3Im2H28RUV5KviLBHOP85AYQMKrkOJ5b9sOKshY7r6Q-8852moJPL5IY8