• २०८१ पुष २९ गते सोमवार

चितवनमा एक साता निषेधाज्ञा थपियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५ , चितवन । चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।


चितवनमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ बिहीबार मात्रै जिल्लामा २२ जना संक्रमित थपिएका थिए । कोरोनाबाट झण्डै ३० जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् । अहिलेसम्म जिल्लामा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस