भदौ ५, काठमाडौँ । कोरोना संक्रमणबाट सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता तथा एसपी डा.प्रविण नेपालले बताए । मुरारीलाई बिहीबार साँझ ग्रिन सिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको भोलिपल्ट अर्थात शुक्रबार बिहान १० बजेको समयमा मुरारीको मृत्यु भएको एसपी नेपालले बताए ।
मुरारीको शव व्यवस्थापनको लागि कोही पनि नआएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार साँझ बालुवाटार निवासी ७६ वर्षीय वृद्धको मृत्यु भएको थियो ।