• २०८२ बैशाख ४ गते बिहिवार

तीज पर्वको शुभकामना !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

सम्पूर्ण दिदी बहिनीमा तीजको शुभकामना ।

कोरोनाको कहरसंगै नेपाली महिला दिदी बहिनीहरुको महान चाड तीज लगाएत नेपालीको अन्य पर्वहरु पनि नजिकिदै छन । चाडबाडको नाममा तडक भडक, विकृती, विसंगतीले हाम्रो जस्तो भड्किलो समाजमा स्थान नपाओस । हुनेखाने र हुँदाखाने वर्गकोबीचमा सामन्जस्यता कायम होस । २०७२ सालको भुकम्पले नेपाली धनी र गरिब जनतालाई केही समय एउटै छानामुनी बस्न बाध्य गरायो, त्यो जीवनमा सिक्नै पर्ने पाठ थियो र अहिले कोरोनाको कहरसंगै अप्ठ्याराहरु त छन नै तथापी यसको बिरुद्दमा लड्दै गर्दा समाजमा को धनी, को गरिव, सबै बरावर ।

जीवन जिउने शैली, हाम्रो धर्म, संस्कृती, संस्कार, भोजन अनि रीतिरिवाजले हामीलाई प्रकृतिले पनि असल तरिकाले जीवन बाच्न सिकाएको रहेछ भन्ने कुराको महशुस हुन्छ नै किनकी हाम्रो खाना, नाना र छानाले हामिलाई रोग प्रतिरोधात्मक क्षमता बृद्दी गरेसंगै कोरोनाबाट वचन सकिएको छ तैपनि चाडबाडको नाममा भिडभाड नगरौं, आफू सचेत हौं र सबैलाई सचेत गराउं ।

शुभकामना

प्रतिक्रिया दिनुहोस